‘नो नट अगेन’ अभियानलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश – Nepal Press

‘नो नट अगेन’ अभियानलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगको ‘नो नट अगेन’ अभियान रोक्ने निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यसअघि सर्वोच्चका हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश थियो ।

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ पेज बन्द गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सो निर्णयको विरुद्धमा अधिवक्ता दिनेश त्रिपाठी र अनिल आचार्य सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि आयोगले त्यस किसिमका पेज बन्द गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *