रुपन्देहीमा दुई किशोरीमाथि ६ जनाले गरे सामूहिक बलात्कार, तीनजना पक्राउ – Nepal Press

रुपन्देहीमा दुई किशोरीमाथि ६ जनाले गरे सामूहिक बलात्कार, तीनजना पक्राउ

रुपन्देही । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीनजना पक्राउ परेका छन् । बाँकीको प्रहरीले खोजी गरिरहेको छ ।

सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा पक्राउ परेकासहित अन्य केही घटनाका दोषीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।  रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीनजनाको नाम बताएका छन् । उनीहरूको खोजी तीव्र पारिएको डीएसपी पौडेलले बताए ।

पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ । कञ्चन गाउँपालिका- २ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबर्जस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *