प्रतिनिधिसभा समानुपातिकतर्फ खर्चको सीमा : एमालेलाई सबैभन्दा धेरै, अरुलाई कति ? (सूचीसहित) – Nepal Press

प्रतिनिधिसभा समानुपातिकतर्फ खर्चको सीमा : एमालेलाई सबैभन्दा धेरै, अरुलाई कति ? (सूचीसहित)

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचनमा सबैभन्दा धेरै नेकपा एमालेले २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको ११० सीटकै लागि बन्दसूची कायम भएकाले उसले अधिकतम २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने भएको हो ।

दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको १०९ सीटका लागि बन्दसूची कायम भएको छ । उसले २ करोड १८ लाख खर्च गर्न पाउनेछ । तेस्रोमा नेपाली कांग्रेसबाट १०८ जनाको उम्मेदवारी बन्दसूचीमा कायम भएको छ । उसले २ करोड १६ लाख खर्च गर्न पाउनेछ ।

चौथोमा रहेको नेकपा माओवादी केन्द्रका १०७ जना उम्मेदवारको नाम बन्दसूचीमा कायम भएको छ । उसले २ करोड १४ लाख खर्च गर्न पाउनेछ । पाँचौंमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि माओवादीकै जति १०७ जनाको उम्मेदवारको नाम बन्दसूचीमा कायम भएको छ । उसले पनि २ करोड १४ लाख नै खर्च गर्न पाउनेछ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका १०६ जना उम्मेदवारको नाम कायम भएको छ । उसले २ करोड १२ लाख, नेकपा एकीकृत समाजवादीका १०४ जना उम्मेदवारको बन्दसूची कायम भएको छ । उसले २ करोड ८ लाख खर्च गर्न पाउनेछ ।

जनसमाजवादी पार्टी नेपालका १०३ जनाको उम्मेदवारी कायम भएको छ । त्यसैले उसले २ करोड ६ लाख रुपैयाँ समानुपातिकतर्फ चुनावी खर्च गर्न पाउनेछ । जनता समाजवादी पार्टी नेपालका भने १०० जनाको मात्रै उम्मेदवारी कायम भएको छ । उसले २ करोड खर्च गर्न पाउनेछ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचनमा सिंगो देश एउटा निर्वाचन क्षेत्र कायम गरेर प्रतिउम्मेदवार २ लाखका दरले राजनीतिक दलले निर्वाचन खर्च गर्न पाउने भएका हुन् ।

यद्यपि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर उम्मेदवारले निर्वाचन क्षेत्रअनुसार फरक-फरक दरमा निर्वाचन खर्च गर्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर