आजदेखि सत्ता गठबन्धनको देश दौडाहा, प्रादेशिक भेला कहाँ कहिले ? – Nepal Press

आजदेखि सत्ता गठबन्धनको देश दौडाहा, प्रादेशिक भेला कहाँ कहिले ?

काठमाडौं । सत्ता गठबन्धनले आजदेखि संयुक्तरूपमा चुनावी अभियान सुरू गर्दैछ । असोज २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार शुक्रबारबाट सातवटै प्रदेशमा गठबन्धन दलको संयुक्त कार्यकर्ता भेला आयोजना गरिने भएको हो ।

यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले आज पोखरामा संयुक्त कार्यकर्ता भेलामा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कांग्रेस गण्डकीका नेता प्रकाश बरालका अनुसार प्रशिक्षण पोखरा सभागृहमा बिहान ११ बजेबाट तय गरिएको छ । देउवा र नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । आजै २ बजे बुटवलमा पनि भेला आयोजना गरिएको छ ।

गठबन्धनले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । साथै प्रदेश तथा जिल्लाहरुमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय यसअघि गरेको छ ।

सत्ता गठबन्धनले शनिबार विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा प्रादेशिक भेला गर्दैछन् । त्यस्तै कात्तिक ७ गते काठमाडौंमा भेलाको आयोजना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर