देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु शुक्रबार बुटवल आउने – Nepal Press

देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु शुक्रबार बुटवल आउने

रुपन्देही । सत्तारुढ गठबन्धन दलको आयोजनामा शुक्रबार बुटवलमा हुने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन सबै दलका शीर्ष नेताहरु आउने भएका छन् ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष तथा पूर्वपधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाड, जनमोर्चा तथा लोसपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस लुम्बिनी सभापति अमरसिहं पुनका अनुसार दिउसो २ बजेदेखि योगिकुटिस्थित होटल पौवामा हुने कार्यक्रमको सबै तयारी पूरा भएको र शीर्ष नेताहरु आउने निश्चित भएको छ ।

प्रशिक्षणमा सबै पार्टीका प्रदेशमा उपलब्ध नेताहरु, प्रदेशस्तरीय नेताकार्यकर्ताहरु तथा उम्मेदारहरुको सहभागीता रहने भएको छ । सबै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण संचालन गर्ने गठबन्धन दलको केन्द्रमा भएको निर्णयअनुसार लुम्बिनीको कार्यक्रम बुटवलमा तयारी गरिएको नेता पुनले बताए ।

शीर्ष नेताहरुले शुक्रबार दिउँसोसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सकेर हेलिकोप्टरमार्फत बुटवल आउने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर