हरिपुर्वाका मेयर र प्रशासकीय अधिकृतलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण – Nepal Press

हरिपुर्वाका मेयर र प्रशासकीय अधिकृतलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

सर्लाही । निर्वाचन आयोगले सर्लाहीको हरिपुर्वा नगरपालिकालाई विशेष अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताविपरीत अधिवेशन बोलाइएपछि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिइएको आयोगले जनाएको छ ।

नगरसभा सदस्य र केही पार्टीका तर्फबाट प्राप्त उजुरीको आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमतिबेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण स्पष्टीकरणमा स्मरण गराइएको छ । आयोगका अनुसार असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरी गणपुरक संख्या नपुगेको कारण उक्त मितिमा सञ्चालन हुन नसकी कात्तिक २ गतेका बोलाइएको बोलाइएको अधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिइएको हो ।

‘नेपालको संविधानबमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार नगरकार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगरसभाले गर्ने विषयमा कुनै दुईमत छैन । यद्यपि निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाई नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन ‘, स्पष्टीकरणपत्रमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर