बागी उम्मेदवारलाई कांग्रेसले दियो असोज ३१ सम्मको अन्तिम मौका – Nepal Press

बागी उम्मेदवारलाई कांग्रेसले दियो असोज ३१ सम्मको अन्तिम मौका

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेकाहरूलाई असोज ३१ गतेसम्मको अन्तिम मौका दिएको छ ।

विधान अनुसार स्वतः निष्कासनमा परेका विद्रोही उम्मेदवारले आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता असोज ३१ भित्र गरेमा कारबाही फुकुवा गरिने जनाएको छ ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै चार दिनको थप मौका दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर