आफ्ना उम्मेदवार फिर्ता बाेलाएर प्रभु साहलाई सघाउने माओवादी केन्द्रको निर्णय – Nepal Press

आफ्ना उम्मेदवार फिर्ता बाेलाएर प्रभु साहलाई सघाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट-३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।

यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।


प्रतिक्रिया

One thought on “आफ्ना उम्मेदवार फिर्ता बाेलाएर प्रभु साहलाई सघाउने माओवादी केन्द्रको निर्णय

  1. केही समय अघिसम्म प्रभु साहले प्रचण्डलाई सुन्नै नसकिने गरि गाली गर्थे । आखिर उनैले खटाएका आदेशपालक रहेछन् । मतलब धेरै चर्का कुरा गर्नेको भर हुँदैन ती गद्दार हुन्छन । भिमरावलले पनि राष्ट्रियताको सम्बन्धमा गरेको कुरा सुन्दा कतै यी दक्षिणका आदेशपालक त होईनन भनेर शंका गर्ने ठाउँ छ । मोदिको प्रतिनिधिको रूपमा सामन्त गोयल आए । ल न त भेटिदिउँ भनेर ओलिले भेट दिए । यो विषयलाई रावलले यसरी उठाएका छन् पटक पटक कि मानौं ओलिले बर्बादै गरे ।मलाई त के लाग्न थाल्यो भने मोदि , रावल र ठगबन्धनको बीचमा सल्लाह भएको हुनुपर्छ । मोदिले गोयल पठाउने । गोयललाई ओलिले भेटने अनि बाहिर आएर ओलिले बर्बादै गरे भनेर चिच्याउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर