गण्डकीका मन्त्रीले फिर्ता गरे गाडी – Nepal Press

गण्डकीका मन्त्रीले फिर्ता गरे गाडी

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले गाडी फिर्ता गरेका छन् । उनले सोमबार मन्त्रालयका सचिवलाई गाडी फिर्ता गरेका हुन् ।

आगामी प्रदेशसभा निर्वाचनका लागि कास्की २९ख० बाट उम्मेदवार बनेका थापाले उम्मेदवारी दिएपछि गाडी फिर्ता गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गाडी फिर्ता गरेको जानकारी गराएका छन् । ‘प्रदेशसभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले झन्डावाल गाडी फिर्ता गरेको छु,’ उनले लेखेका छन् ।


प्रतिक्रिया

One thought on “गण्डकीका मन्त्रीले फिर्ता गरे गाडी

  1. विन्दुदाईले पहिला नै गाडिको सुविधा नलिनुपर्ने थियो लिएर चाडै नै फिर्ता गर्नुभयो त्यो पनि निकै राम्रो काम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर