काठमाडौं ३ मा गठबन्धनमाथि कांग्रेसको धोखा, साझा उम्मेदवार फुयाँलविरुद्ध ठकुरी उठे – Nepal Press

काठमाडौं ३ मा गठबन्धनमाथि कांग्रेसको धोखा, साझा उम्मेदवार फुयाँलविरुद्ध ठकुरी उठे

काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा माओवादीको भागमा परेको काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा २ तर्फ नेपाली कांग्रेसले सहमति भङ्ग गरेर उम्मेदवारी दिएको छ ।

नेकपा माओवादी केन्द्रबाट सो क्षेत्रमा महेश्वर फुयाँलले टिकट पाएका छन् । तर सोही क्षेत्रमा कांग्रेसले विमल ठकुरीलाई उम्मेदवार बनाएपछि विवाद भएको छ ।
ठकुरीको उम्मेदवारी फिर्ता लिनलाई हो वा कांग्रेसले नियोजित रूपमा दिएको हो भन्ने प्रष्ट छैन ।

गठबन्धनका आधिकारिक उम्मेदवार फुयाँलले भने सहमति विपरीत कांग्रेस जान नसक्ने बताए ।

सो क्षेत्रमा एमालेबाट प्रदेश उम्मेदवार रामेश्वर फुयाँल छन् । उनी मुख्यमन्त्रीको दाबीसहित मैदानमा आएका छन् । यसअघि उनले विमल ठकुरीलाई नै पराजित गरेका थिए ।

कांग्रेसले अन्तिममा ठकुरीलाई ब्याक गर्ने सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर