गण्डकीका मन्त्री दीपक मनाङे अन्ततः एमालेतिरै, कांग्रेसले पनि दियो वाकओभर – Nepal Press

गण्डकीका मन्त्री दीपक मनाङे अन्ततः एमालेतिरै, कांग्रेसले पनि दियो वाकओभर

काठमाडौं । सत्ता गठबन्धन र नेकपा एमाले दुवैतर्फ तानातानमा परेका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे अन्ततः एमालेतिरै लागेका छन् ।

उनको लागि कांग्रेसले पनि क्षेत्र खाली गरिदिएको थियो । तर आफूलाई एमाले नै मन परेको र गठबन्धनका मान्छेहरू ठिक नलागेको भन्दै उनी एमालेको समर्थनमा मनाङको प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

एमालेबाट प्रतिनिधि सभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन् भने प्रदेश १ मा जिल्ला सचिव राजन गुरुङ उम्मेदवार बनेका छन् । मनाङेले अघिल्लो पटक पनि एमालेकै सहयोगमा जितेका थिए ।

थोरै मतदाता भएको मनाङमा सय पचास मत नै जित्न निर्णायक हुने भएकाले दीपक मनाङे निर्णायक मानिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर