लुम्बिनीका मुख्यमन्त्री केसीले पाएनन् टिकट – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री केसीले पाएनन् टिकट

रुपन्देही । पार्टी अध्यक्ष प्रचण्डलाई चित्त बुझाउन नसकेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कतैबाट आगामी निर्वाचनको टिकट पाउन सकेनन् ।

टिकटका लागि रोल्पा तथा दाङबाट धेरै प्रयास गरे पनि उनका काममा पार्टी नेतृत्व सन्तुष्ट नभएकाले नै टिकट पाउन नसकेको माओवादी नेताहरूको भनाइ छ ।

केसी यसअघि रोल्पाको प्रदेश ख बाट निर्वाचित भएका थिए । पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशको सह इन्चार्जसमेत बनेका मुख्यमन्त्री केसीका पछिल्ला अधिकांश निर्णयप्रति पार्टीका अधिकांश नेताहरू असन्तुष्ट रहेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले उनको ठाउँमा मुख्यमन्त्री बनाउने गरी सचिवालयमा काम गरेका जोखबहादुर महरालाई अगाडि सारेका छन् । केसीको दाबेदारी गरेको रोल्पाबाट उनै महराले उम्मेदवारी दर्ता गरेका छन् ।

रोल्पाबाट टिकट नपाउने अध्यक्षको संकेत पाएपछि दाङबाट टिकट लिनका लागि उनले धेरै प्रयास गरेका थिए तर त्यहाँबाट पनि नेता इन्द्रजित चौधरीले नछाडेपछि मुख्यमन्त्री केसीको संसद् यात्रा अहिलेका लागि रोकिएको छ । तर उनी आफूले टिकट नपाए पनि श्रीमतीलाई भने समानुपातिक सूचीमा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर