गठबन्धनमा जनमोर्चाको विद्रोह, अर्घाखाँचीका तीनै सीटमा अलग्गै उम्मेदवारी – Nepal Press

गठबन्धनमा जनमोर्चाको विद्रोह, अर्घाखाँचीका तीनै सीटमा अलग्गै उम्मेदवारी

रुपन्देही । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा विद्रोह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका तीनै क्षेत्रमा जनमोर्चाले उम्मेदवारी दिएको छ ।

संघमा सोही पार्टीका नेता पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराएका छन् ।

अर्घाखाँचीमा जनमोर्चा कांग्रेसपछिको ठूलो दल भए पनि बेवास्ता गरिएकाले अलग्गै उम्मेदवारी दिनुपरेको जनमोर्चाका नेता सागर केसीले बताए ।

यहाँ कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा गएर गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् ।

उनीसँगै प्रदेशसभा (क)मा माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा .(ख) मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट संघमा टोपबहादुर रायमाझी र प्रदेशसभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर