पोर्चुगललाई हराउँदै स्पेन नेसन्स लिगको फाइनल चरणमा, रोनाल्डो निराश – Nepal Press

पोर्चुगललाई हराउँदै स्पेन नेसन्स लिगको फाइनल चरणमा, रोनाल्डो निराश

लिस्वन । अन्तिम खेलमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै स्पेन यूईएफए नेसन्स लिग–ए फुटबलको फाइनल चरणमा पुगेको छ।

घरेलु मैदानमा उत्रिएको पोंर्चुगललाई अगाडि बढ्न बराबरी पर्याप्त थियो। तर क्रिस्टियानो रोनाल्डोको टोलीविरुद्ध स्पेनले बाजी मा¥यो। स्पेनका अल्भारो मोराटाले निर्णायक गोल गरे।

उनले ८८ औं मिनेटमा निको विलियम्सको पासमा गोल गरेका थिए। समूह–२ मा स्पेन ६ खेलबाट ११ अंक जोडेर पहिलो बन्यो।

१० अंक मात्र भएको पोर्चुगल उपविजेतामा सिमित भयो। अघिल्लो खेलमा स्वीजरल्यान्डसँग २–१ गोलले पराजित भएपछि स्पेन दबाबमा आएको थियो। नेसन्स लिग–एमा यसपटक स्पेनसँगै क्रोएसिया, इटाली र नेदरल्यान्ड्स सेमिफाइनल पुगेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर