बंगालदेशविरुद्ध अन्जनको ह्याट्रिकसहित रोमान्चक खेल (फोटोफिचर) – Nepal Press

बंगालदेशविरुद्ध अन्जनको ह्याट्रिकसहित रोमान्चक खेल (फोटोफिचर)

काठमाडौं । नेपालले बंगलादेशविरुद्ध ३-१ को सानदार जित निकालेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालका लागि अन्जन विष्टले ह्याट्रिक गरे ।

बङ्गलादेशका टुटुल हुसेनले सान्त्वना गोल फर्काए ।

कप्तान जमल भुयानले खेलको १७औँ मिनेटमा आर्कबाट हानेको फ्रीकिक क्रसबारमा लागेर बाहिरिएसँगै बङ्गलादेशले अग्रता लिने अवसर गुमाएको थियो ।

खेलको १८औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमल घर्ती मगरले राइट फ्ल्याङकबाट हानेको फ्रिकिकलाई हेडरमार्फत अञ्जनले सुन्दर गोल गरेका थिए ।

यस्तै, खेलको २८औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता पनि दोब्बर पारे । अञ्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बङ्गलादेशका गोलकिपरले रोकेका थिए । उक्त रिबाउन्डबललाई पोष्ट नजिकै बाट प्रहार गर्दै गोल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *