राष्ट्रपतिलाई जनवादी सर्जक रामेशको ढाडस- वीर नेपाली छोरी, कत्ति पनि विचलित नहुनुस् – Nepal Press

राष्ट्रपतिलाई जनवादी सर्जक रामेशको ढाडस- वीर नेपाली छोरी, कत्ति पनि विचलित नहुनुस्

राष्ट्रपति वीर नेपालीको छोरी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको पक्ष र विपक्षमा नेपाली जनमत विभाजित भइरहेका बेला वरिष्ठ सर्जक तथा जनवादी गायक रामेश श्रेष्ठले राष्ट्रपतिले वीर नेपाली छोरीको परिचय दिएको टिप्पणी गरेका छन् ।

‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबका चमेली बोल्दिने कोही छैन’ जस्ता चर्चित र लोकप्रिय जनवादी गीतका सर्जक रामेशले फेसबुकमार्फत राष्ट्रपति भण्डारीलाई नेपाल आमाको योग्यतम सुपुत्री भनेका हुन् ।

रामेशले भनेका छन्– राष्ट्रपति नेपाली माटोमा, नेपाली आमाको कोखमा जन्मेकी सुपुत्री पायौं । नेपालको इतिहासमा उच्च गुन लगाउनुभयो । धन्यवाद । राष्ट्रघातीहरूसँग निर्भिकताकासाथ सामना गरी वीर नेपाली छोरीको परिचय संसारलाई दिनुहोला । संसारभर रहेका नेपालीहरूको साथ तपाईँलाई छ । कत्ति पनि विचलित नहुनु होला ।

५० वर्षअघि राल्फा सांस्कृतिक क्रान्तिमार्फत जनवादी गायनमा स्थापित भएका वामपन्थी सर्जक रामेश कुनै पनि कम्युनिस्ट पार्टीमा भने आबद्ध छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *