नेपाल बैंकको साढे ६ वर्षमा पैसा डबल हुने योजना – Nepal Press

नेपाल बैंकको साढे ६ वर्षमा पैसा डबल हुने योजना

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खातामा ग्राहकको साँवा रकम दोब्बर हुन लाग्ने समय अवधि घटाएको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा ५ वर्ष ९ महिना २९ दिनमा साँवा रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्युनतम २५ हजार रुपैयाँ भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ ।

त्यसैगरी यो योजनामा बैंकले ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा पनि उपलब्ध गराउने छ । संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले १ लाख भन्दा माथिको रकम जम्मा गर्न सक्नेछन् ।

बैंकले बिदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । अबदेखि यो खातामा बिदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम २५ हजार भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ ।

यी डबल धमाका मुद्दती खाताहरु सिमित अवधिको लागि मात्र संचालनमा ल्याइएको बैंकले जनाएको छ । नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *