टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार – Nepal Press

टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले जिते लाखौंको नगद उपहार

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामक योजना सार्वजनिक गरेको छ । जसअनुसार आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्सबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १००% क्यासब्याक पाउन सफल भएका छन् ।

यस्तै स्याङ्जाका ईम वहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर किन्दा १ लाख ४,००० जितेका छन् । यस्तै ललितपुरका असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफ आइ स्कुटर किन्दा २६,००० हात पार्न सफल भएका छन् । यस्तै योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सी३० स्मार्ट फोन पनि जितेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ ।

हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई स्मार्ट प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु।५० लाखको नगद पुरस्कार उपलब्ध गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजनामा फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०५ डाउन पेमेन्ट वा  ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर