ताकेतापछि क्यासिनोले तिरे काठमााडौं महानगरलाई ६६ लाख मनोरञ्जन कर – Nepal Press

ताकेतापछि क्यासिनोले तिरे काठमााडौं महानगरलाई ६६ लाख मनोरञ्जन कर

काठमाडौैं । काठमाडौं महानगरपालिकामा संचालित क्यासिनोले काठमाडौं महानगरलाई मनोरञ्जन कर तिरेका छन् । महानगरले ७ वटा क्यसिनोलाई मनोरञ्जन कर तिर्न पत्र काटेको थियो । ७ वटामध्ये ५ वटा क्यासिनोले मनोरञ्जन कर ६६ लाख ९८ हजार ९२० रुपैयाँ मनोरञ्जन कर तिरका हुन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ८ दिन अघि ७ दिन भित्र कर तिर्न म्याद दिएको थियो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र नै काटेका थिए ।

७ दिन भित्र कर नतिरे महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गर्ने महानगरले बताएको थियो ।

ताकेता गरेपछि म्यारियट क्यासिनोले २१ लाख ४२ हजार, अन्नपूर्णको क्यासिनोले ११ लाख ८५ हजार, हायातको क्यासिनोले ९ लाख ८९ हजार, सोल्टीको क्यासिनोले ९ लाख ९३ हजार, मल्ल होटलको क्यासिनोले १३ लाख ८८ हजार रुपैयाँ महानगलाई मनोरञ्जन करबापत बुझाएका छन् ।

तर सञ्चालनमा नरहेको एलफ्ट र र्‍याडिसनको क्यासिनोले भने मनोरञ्जन कर तिरेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर