एक सातामा बैंकहरुमा बढ्यो साढे ७ अर्बको निक्षेप – Nepal Press

एक सातामा बैंकहरुमा बढ्यो साढे ७ अर्बको निक्षेप

काठमाडौं । भदौ अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप साढे ७ अर्ब रुपैयाँले बढेको छ । भदौ २४ गतेसम्म बैंकहरुले कुल ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

बैंकर्स एसोशियसनको तथ्यांकअनुसार अघिल्लो साता अर्थात भदौ १७ गतेसम्म निक्षेप ४४ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ थियो । विशेषगरी स्वदेशी मुद्रको निक्षेप बढेको छ । भदौ अन्तिम साता वाणिज्य बैंकहरुको कर्जा पनि थप ६ अर्ब ८६ करोड रुपैयाँ विस्तार भएको छ ।

भदौ २४ गतेसम्म आइपुग्दा बैंकहरुले कुल ४१ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँ कर्जा विस्तार गरेको छन् । अघिल्लो साता ४१ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ ऋण बैंकहरुले दिएका थिए । यो अवधिमा स्वदेशी मुद्राको कुल ७ अर्ब ५३ करोड रुपैयाँ कर्जा दिएको छ । यस्तै, विदेशी मुद्राको कर्जा भने ६९ करोड रुपैयाँ घटेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर