असोज ६ गतेदेखि विद्युतीय सवारी साधनको प्रदर्शनी – Nepal Press

असोज ६ गतेदेखि विद्युतीय सवारी साधनको प्रदर्शनी

काठमाडौं । असोज ६ गतेदेखि ९ गतेसम्म विद्युतीय सवारी साधन, पाटपुर्जा र वित्तिय सेवा सम्बन्धी प्रदर्शनी हुने भएको छ ।नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले सोमबार पत्रकार सम्मेलन मार्फत इभि एक्स्पो २०२२ असोज ६ देखि शुरु हुने जानकारी दिएको छ ।

यो प्रदर्शनीको सहयोगी संस्था नेपाल विद्युत प्राधिकरण हो । प्रदर्शनी काठमाडौको भृकुटीमण्डपमा हुनेछ । एक्स्पोमा यूएसएआइडी क्लिन एयरले नलेज पार्टनरको रुपमा तीन दिने गोष्ठी समेत सञ्चालन गर्नेछ ।

एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सहप्रायोजक शिखर इन्स्योरेन्स रहेको छ । यस्तै डिजिटल पेमेन्ट पार्टर खल्ती एप रहेको छ । यो एक्स्पोमा ५१ वटा स्टल र ब्लकहरु रहनेछन् ।

सातवटा ब्राण्डको चारपांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डको दुइ पांग्रे, ३ वटा ब्राण्डको टायर, २ वटा ब्राण्डको ब्याटरी, ९ वटा पाटपुर्जा ग्यारेज उपकरण कम्पनी तथा अटोपत्रिका र चारवटा वित्तिय संस्थाको सहभागी रहनेछ । ४ दिनसम्म चल्ने एक्स्पोमा ४० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर