चिरीबाबु पनि एक्सनमा : लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल (तस्बिरहरु) – Nepal Press

चिरीबाबु पनि एक्सनमा : लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल (तस्बिरहरु)

काठमाडौं । काठमाडाैं महानगरका मेयर बालेन शाहलाई पच्छ्याउँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन पनि एक्सनमा उत्रिएका छन् ।

महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान मेयर महर्जनले थालेका हुन् । साेही क्रममा आज नगर प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ ।

अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै प्रहरीले सिल गरेको हो ।

ललितपुरको लगनखेलमा रहेको पम्पलाई सिल गर्न महानगर प्रहरीको टिम नै पुगेको थियो ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएसँगै यो अभियानले अन्य क्षेत्रमा पनि प्रभाव पारेको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *