च्याम्पियन्स लिग: पहिलो खेलमा चेल्सी पराजित – Nepal Press

च्याम्पियन्स लिग: पहिलो खेलमा चेल्सी पराजित

काठमाडौं । इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग सिजन २०२२-२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग १-० गोलको नतिजामा पराजित भएको छ।

जाग्रेबको मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन खेलको १३ औं मिनेटमा मिस्लाभ ओर्सिचले गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै समूह दुई को जाग्रेबले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

चेल्सी अंक विहीन हुँदै समूहको पुछारमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर