महतको दाबी- बालुवाटार प्रकरणमा गच्छदार निर्दोष, माधव नेपालको निर्देशन मानेका हुन् (भिडिओ) – Nepal Press

महतको दाबी- बालुवाटार प्रकरणमा गच्छदार निर्दोष, माधव नेपालको निर्देशन मानेका हुन् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बालुवाटारको जग्गा प्रकरणमा विजयकुमार गच्छदार निर्दोष रहेको दाबी गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णयमा गच्छदारभन्दा पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जिम्मेवार हुने बताए ।

महतले भने, ‘विजय गच्छदार निर्दोष हुनुहुन्छ, त्यो मन्त्रीस्तरीय निर्णय होइन । मन्त्रिपरिषद्ले गरेको निर्णय हो र उहाँले प्रधानमन्त्रीको निर्देशन मानेको मात्र हो बालुवाटारको प्रधानमन्त्री निवासको जग्गा सरकारले लिने विषयमा त्यो प्रस्ताव लैजानुभएको हो । माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्रीले नभनी मन्त्रिपरिषद्को निर्णय हुँदैन ।’

डा. महतले अहिले गच्छदारलाई आरोप लगाइए पनि प्रमाणित नभएकाले भ्रष्टाचार भनेर निष्कर्षमा पुग्न नमिल्ने जिकिर गरे । प्रवक्ता महतले अफताब आलमको हकमा पनि आरोपमात्र लागेको र फैसला नभइसकेकाले कार्यकर्ताको सिफारिस रोक्न नसकिने बताए ।

दुवै नेतालाई उम्मेदवार सिफारिस गरेको सन्दर्भमा उठेका प्रश्नमा महतले दुवै नेताको बचाउ गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर