पशुपतिमा तीजको चहलपहल (तस्बिरहरू\भिडिओ) – Nepal Press

पशुपतिमा तीजको चहलपहल (तस्बिरहरू\भिडिओ)

काठमाडौं । हरितालिका तीज पर्व आज भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासका साथ यो पर्व मनाइँदै आएको छ । हिन्दू नारीका लागि विशेष मानिने तिज पछिल्ला वर्षमा सबै समुदाय र जातिको सद्भाव र मिलापको पर्व बन्दै आएको पाइन्छ ।

आज निराहार व्रत बसेपनि नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । चिकित्सकले समेत आफ्नो स्वास्थ्यको ख्याल गरेरमात्र व्रत बस्न आग्रह गर्दै आएका छन् ।

आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड छ । हेरौं पशुपतिनाथ मन्दिर परिसरमा हर्षोल्लास र भक्तिभावमा रहेका महिलाको केही तस्बिरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *