प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ यी दल सहभागी हुँदै (सूचीसहित) – Nepal Press

प्रतिनिधि र प्रदेश सभामा समानुपातिकतर्फ यी दल सहभागी हुँदै (सूचीसहित)

पहिलो नम्बरमा जनमत पार्टी र अन्तिममा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिने दलको सूची सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिने ३ दिने समयसिमा आइतबार सकिएपछि सोमबार आयोगले निवदेन दिएका सबै दलको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक सूची अनुसार प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पहिलो नम्बरमा चन्दनकुमार सिंह महासचिव रहेको जनमत पार्टीले निवदेन दिएको छ भने अन्तिम तथा ६८ औँ नम्बरमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले निवेदन दर्ता गराएको छ ।

निर्वाचन आयोगको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने अन्तिम दिनसम्म आइतबारसम्म प्रतिनिधिसभातर्फ एकल तथा संयुक्त गरेर ६८ दलले निवेदन दर्ता गराएका आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रदेश सभातर्फ भने अहिलेसम्म प्रदेश एकमा ५५ दल, मधेश प्रदेशमा ५९ दल, बागमती प्रदेशमा ५८ दल, गण्डकी प्रदेशमा ६० दल, लुम्बिनी प्रदेशमा ५४ दल, कर्णाली प्रदेशमा ४९ दल र सुदुरपश्चिम प्रदेशमा ५० दलले निवेदन दर्ता भएका छन् ।

समानुपातिकतर्फ मनोनयन दर्ता गर्नका लागि निवेदन दिने ३ दिने समय सिमा आइतबार साँझबाट सकिएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलले असोज २ र ३ गते बन्द सूची पेश गर्न पाउने आयोगले जनाएको छ ।

सूची

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर