माओवादीले दुई मन्त्री फिर्ता बोलायो, अब सबैको भाग पुग्ने – Nepal Press
कर्णाली प्रदेश

माओवादीले दुई मन्त्री फिर्ता बोलायो, अब सबैको भाग पुग्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभामा सहभागी सबैलाई मन्त्रीको भाग पुर्‍याउने भएको छ । कर्णाली प्रदेशसभामा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकीलाई सरकारमा पठाउने तयारी भएको छ ।

माओवादीले हालका जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएर जाजरकोटकै कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारीमा रहेको पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारमा सहभागी हुन बाँकी रहेका दुई जना सांसदलाई मन्त्री बनाइनेछ ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन ्। तिमध्ये नौ जना सांसद सरकारमा सहभागी भइसकेका छन् । बाँकी दुई जनालाई पनि सरकारमा सहभागी गराउनका लागि माओवादी केन्द्रले सात महिनाअघि नियुक्त गरिएका सिंह र विष्टलाई सरकारबाट फिर्ता बोलाएको हो ।


प्रतिक्रिया

One thought on “माओवादीले दुई मन्त्री फिर्ता बोलायो, अब सबैको भाग पुग्ने

  1. संघीयता माओवादीले नै ल्याएको हो। यसरी सबैको भाग पुर्याउन पाईन्छ। देश लुटेराहरु। यिनलाई 0 सिटमा झारिदिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर