आज पनि ६ जना स्कुल बस चालक मापसेमा, ३ सातामा २२ जनालाई कारबाही – Nepal Press

आज पनि ६ जना स्कुल बस चालक मापसेमा, ३ सातामा २२ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले गरेको छड्के जाँचमा मात्र पछिल्लो तीन सातामा काठमाडौं उपत्यकाभित्र मापसे गरेर चलाउने २२ स्कुल बस चालक भेटिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आइतबार मात्र ६ जना स्कुल बस चालकलाई मासपेमा कारबाहि गरेको छ ।

साउन ८ गतेदेखि सुरु गरेको छड्के जाँचमा विभिन्न कसुरमा एक सय १७ स्कुल बस चालक कारबाहीमा परेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । बिहान साढे ५ बजेदेखि ८ बजेसम्म ट्राफिकले स्कुल बसलाई रोकेर जाँच गरेको थियो ।

ओमेगा सेकेन्डरी स्कुल, टाइम इन्टरनेसनल कलेज, त्रियोग हाई स्कुल, रेडियन्ट पब्लिक स्कुल, ओरेन्ट इस्ट मन्टेश्वरी र निटिज बोर्डिङ स्कुलका बस चालक आइतबार मापसे कारवाहीमा परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *