प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारलाई कोरोना संक्रमण – Nepal Press

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीलाई कोरोना संक्रमण भएको छ ।

सुवेदीले ट्वीट गर्दै आफू कोभिड संक्रमित भएको र सम्पर्कमा आएकालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले घरमै उपचार गराएर बसिरहेको बताएका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *