अर्थमन्त्री जनार्दन शर्माको पदभार ग्रहणमा अर्थ सचिव नै अनुपस्थित – Nepal Press

अर्थमन्त्री जनार्दन शर्माको पदभार ग्रहणमा अर्थ सचिव नै अनुपस्थित

काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्री भएर अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न आउने बेला अर्थ सचिव मधुकुमार मरासिनी नै बिदा वा कार्यक्रम कहाँ हो भन्ने नै अन्योल भएको छ ।

अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलालाई नेपाल प्रेसले अर्थमन्त्री शर्माको पदभारको बेला अनुपस्थित भएको हो भनेर गरेको प्रश्नमा उनले बिदा वा कुनै कार्यक्रममा हो भन्ने जानकारी नभएको बताए । अर्थमन्त्री शर्माको कारण समस्यामा परेको भन्दै अर्थ सचिव मरासिनीले शर्मा मन्त्रीका कारणले समस्यामा परेको भन्दै अनिश्तिकालीन बिदामा बसेका थिए ।

आज अर्थमन्त्रीको पदभार कार्यक्रमको तयारी भइरहेका बेला उनी अर्थमन्त्रालयमा देखिएका छैनन् । शर्मा र मारासिनीबीच बजेट निर्माणमा करका दर हेरफेर गर्न बाहिरी मान्छे ल्याएको विषय बाहिर आएपछि सम्बन्धमा दरार आएको थियो ।

अर्थमन्त्रीमाथि भएको छानबिन समितिलाई बयान दिँदा उनले आफूमाथि मानसिक दबाब भएर बिदामा बसेको बताएका थिए । आज मन्त्रीको पदभारको कार्यक्रममा नदेखिँदा बिदा वा कतै कार्यक्रममा भएको हो मन्त्रालयले नै अन्याेल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर