छानबिन समितिले माग्यो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज – Nepal Press
जनार्दनमाथि छानबिन

छानबिन समितिले माग्यो सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन पेचिलो बन्दै गएको छ । आज बसेको छानबिन समिति बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको छ ।

छनबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय भएको बताए ।

अर्थमन्त्रालयले मन्त्रालयको फुटेज १३ दिनभन्दा धेरै नरहने भनेपछि संसदमा नै अर्थमन्त्रीको राजीनामा मागिएको थियो । शर्माले राजीनामा दिएर समितिलाई आएर बयान समेत दिइसकेका छन् ।

अर्थमन्त्रालयभन्दा गेटमा लामो समय फुटेज रहने भएकाले नै समिति फुटेज मगाएको स्रोतले बतयो ।

छानबिन समितिमा एमालेका ४, कांग्रेसका २, माओवादीका २ एकीकृत समाजवादीका १, लोकतान्त्रिक समाजवादीका १ र जनता समाजवादी पार्टीका १ सांसद रहेका छन् । यदि बहुमत-अल्पमतका आधारमा निर्णय लिनुपर्ने अवस्था आएको खण्डमा सत्तापक्षी सांसदहरूको लाइन पारित हुनेछ ।

समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, र विमला विक छन् । कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *