करिब ६ अर्बको सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी श्रीमती सृजना पक्राउ – Nepal Press

करिब ६ अर्बको सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी श्रीमती सृजना पक्राउ

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व सांसदसमेत रहेका इच्छाराज तामाङकी श्रीमती सृजना शाक्य तामाङ पक्राउ परेकी छिन् ।

केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले ५७ वर्षीया सृजनालाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ रहेको सिभिल सहकारी ठगी प्रकरणमा सृजना फरार थिइन् ।

यसअघि सीआईबीले १३ जनालाई पक्राउ गरेकामा इच्छाराज र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि थुनामा रहेका छन् । एक हजार ५ सय ३० जना बचतकर्ताले उनिहरुविरुद्ध जाहेरी दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *