शिवजीको प्रिय महिना साउन, पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड (तस्बिर/भिडिओ) – Nepal Press

शिवजीको प्रिय महिना साउन, पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भीड (तस्बिर/भिडिओ)

काठमाडौं । भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

विहानैदेखि भक्तजनहरुको उल्लेख्य उपस्थिती छ । मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए ।

सूर्य मिथुन राशि भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

विशेषगरी युवा महिलाको उल्लेख्य सहभागिता रहेको छ । हेर्नुस् तस्बिरहरु :

x

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *