इजरायलकाे संसद भंग, नोभेम्बरमा नयाँ चुनाव – Nepal Press

इजरायलकाे संसद भंग, नोभेम्बरमा नयाँ चुनाव

काठमाडौं । इजरायलमा प्रधानमन्त्री नाफ्ताली र विदेशमन्त्री यायिर लापिद नेतृत्वको पार्टीबीच भएको गठबन्धन टुटेसँगै संसद विघटन भएको छ । अब इजरायलमा आगामी नोभेम्बरमा नयाँ चुनाव हुनेछ ।

इजरायलमा पछिल्लो ३ वर्षमा चारपटक निर्वाचन भइसकेको छ । अब पाँचौं निर्वाचन हुनेछ । इजरायलमा केही समयअगाडि नै गठबन्धन टुटेको घोषणा भइसकेको थियो । तैपनि आज औपचारिक रुपमा संसद विघटनको लागि मतदान भएको हो ।

गठबन्धनमा भएको पूर्वसहमतिअनुसार अब अर्को चुनाव नभएसम्म यायिर लापिद कार्यबाहक प्रधानमन्त्री हुनेछन् ।

टाइम्स अफ इजरायलका अनुसार नाफ्तालीको सरकार ढलेसँगै पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहु पुनः नेतृत्वमा आउने सम्भावना प्रवल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर