भद्रपुर उडेको बुद्ध एयरको जहाज अवतरण नसकी काठमाडौं फर्कियो – Nepal Press

भद्रपुर उडेको बुद्ध एयरको जहाज अवतरण नसकी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि अवतरण नसकी काठमाडौं फर्किएको छ ।

भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि आकाशबाटै फर्किएको हो ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

अहिले प्राविधिक जाँच भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *