मेयर गुमाएको हेटौंडा उपमहानगर कार्यपालिकामा एमालेको स्पष्ट बहुमत – Nepal Press

मेयर गुमाएको हेटौंडा उपमहानगर कार्यपालिकामा एमालेको स्पष्ट बहुमत

हेटौडा । ३० वर्षपछि मेयर, उपमेयर गुमाएको नेकपा एमालेले हेटौंडा उपमहानगरको कार्यपालिकामा भने स्पष्ट बहुमत हासिल गरेको छ । हिजो भएको कार्यपालिका सदस्य निर्वाचनमा एमालेको तर्फबाट आठजना सदस्य निर्वाचित भएसँगै नगर कार्यपालिकामा एमालेले स्पष्ट बहुमत हासिल गरेको हो ।

निर्वाचनमा पाँचदलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट खुल्लातर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई, अर्जुनबहादुर राई ,पातली माया गोङबा, ईश्वरी बिश्वकर्मा, रुकमिणी स्याङतान, मंजु भुर्तेल तथा साधना श्रेष्ठ निर्वाचित भएका हुन् ।

विजयी सबैले समान ५० मत प्राप्त गरेका थिए । पराजित गठबन्धनका उम्मेदवारले भने समान ४७ मत प्राप्त गरेका थिए । निर्वाचन सम्पन्न भएसँगै अब एमालेबाट १७ तथा गठबन्धनबाट १२ जना सदस्य रहेको २९ सदस्यीय कार्यपालिका निर्माण भएको हो ।

कार्यपालिकामा नेकपा एमालेबाट १७ सदस्य पुगेको छ भने नेपाली कांग्रेसबाट उपमेयरसहित ९, नेकपा एकीकृत समाजवादीबाट मेयरसहित दुई तथा नेकपा माओवादी केन्द्रबाट एकजना वडाध्यक्ष मात्र सदस्य रहने छन् । नगरसभामा पनि ५१ सदस्यसहित एमाले स्पष्ट बहुमतमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर