गठबन्धनलाई हराउँदै फेरि एमालेले जित्यो सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा, टासी अध्यक्षमा दोहोरिए – Nepal Press

गठबन्धनलाई हराउँदै फेरि एमालेले जित्यो सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा, टासी अध्यक्षमा दोहोरिए

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिका एमालेले जितेको छ ।  गठबन्धनलाई हराउँदै अध्यक्षमा टासी लामा दोहोरिएका छन् भने उपाध्यक्षमा पनि एमालेकै सुनिता अधिकारी निर्वाचित भएकी छन् ।

टासीले ५, ६०८ मत पाए भने गठबन्धनबाट अध्यक्षमा उम्मेदवार बनेका माओवादी केन्द्रका दोर्जे तामाङले ४ हजार ४५ मत ल्याए । त्यस्तै राप्रपाबाट उम्मेदवार बनेका उदय सापकोटाले १६९६ मत ल्याए भने स्वतन्त्र उम्मेदवार माया गुरुङले ४१० मत ल्याएकी छन् ।

उपाध्यक्षमा विजयी अधिकारीले ५, ७२२ ल्याउँदा उनकी प्रतिस्पर्धी कांग्रेसीकी गंगाकुमारी चौलागाइँले ४, ३९३ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर