मतगणना स्थलमा मापसे गरेका व्यक्ति प्रवेश गर्न खोजेपछि… – Nepal Press

मतगणना स्थलमा मापसे गरेका व्यक्ति प्रवेश गर्न खोजेपछि…

दाङ । मदिरा सेवन गरेर मतगणना स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले एकजनालाई गेटबाटै फर्काइदिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको मतगणना भइरहेको सरकारी वकिलको कार्यालयमा प्रवेश गर्न खाेजेका हिराबहादुर केसीलाई प्रहरीले गेट बाहिरबाटै फर्काएकाे हाे ।

गेटमा ब्रेथलाइजरले मापसे चेक गर्दा मदिरा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई केही बेर अघि भित्र प्रवेश गर्न नदिएको हो ।

तुलसीपुरको मतगणना स्थलमा प्रहरीले मापसे चेकजाँच गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर