लिखुमा एमालेको अग्रता, उपाध्यक्षमा दोब्बर बढीको मतान्तर

२०७९ जेठ १ गते ७:१९

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाका दुईवटा वडाको मत गणना सकिन लाग्दा नेकपा एमालेले अग्रता लिएको छ । अध्यक्षमा मिलन विष्टले १७७ मतान्तरले अग्रता लिइरहँदा उपाध्यक्षमा भने एमालेकै अस्मिता थापा दोब्बरभन्दा बढी मतले अगाडी छन् ।
अध्यक्षमा विष्टले ८३४ र नेपाली कांग्रेसका अशोक कार्कीले ६५७ मत प्राप्त गर्दा उपाध्यक्षमा भने एमालेकी अस्मिता थापाको ८९१ मत छ भने कांग्रेसकी प्रेमकुमारी दाहाल ४०६ मतका साथ पछाडि छन् ।
वडा नम्बर १ मा एमालेका हिराबहादुर कार्कीको प्यानल नै विजयी भइसकेको छ भने अहिले वडा नम्बर ९ को गणनामा एमालेका केशवहरी ढुंगेलले अग्रता लिएका छन् ।
प्रतिक्रिया
Thank you