एमाले एक क्विन्टल आलु, गठबन्धन पाँच तोला सुन : विश्वप्रकाश शर्मा (भिडिओ) – Nepal Press

एमाले एक क्विन्टल आलु, गठबन्धन पाँच तोला सुन : विश्वप्रकाश शर्मा (भिडिओ)

इटहरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धन पाँच तोला सुन र एमाले एक क्विन्टल आलु भएको बताएका छन् ।

इटहरीमा साेमबार भएको गठबन्धनको चुनावी सभामा बोल्दै शर्माले एमाले अध्यक्ष ओलीले एमाले एक क्विन्टल र पाँच दल एक एक किलो भएको भनेको प्रसङ्ग ल्याउँदै यस्तो बताएका हुन् ।

‘एक झापालीको कुरामा अर्को झापाली नबोल्दा अन्याय हुनसक्छ’, शर्माले भने, ‘हामी एक एक किलोका ढक होइनौं । हामी पाँच दलीय गठबन्धन पाँच तोलाको सुन हौं । बजारमा गएर एक क्विन्टल आलु र पाँच तोलाको भाउ कमरेड ओलीलाई थाहा नभए पनि यहाँका कमरेडहरुलाई थाहा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर