त्रिभुवन विमानस्थलको सर्चमा केही भेटिएन, आन्तरिक उडानका यात्रुलाई भित्र पठाइयो – Nepal Press

त्रिभुवन विमानस्थलको सर्चमा केही भेटिएन, आन्तरिक उडानका यात्रुलाई भित्र पठाइयो

काठमाडौं । अज्ञात व्यक्तिले बम राखेको सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु हुँदैछ । बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हाे ।

विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । र, उनले बम राखिएको सूचना दिएका थिए ।

सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर