जुनियर राष्ट्रिय टेबल टेनिस जेठ ७ गते देखि – Nepal Press

जुनियर राष्ट्रिय टेबल टेनिस जेठ ७ गते देखि

काठमाडौं । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ ७ गतेदेखि हुने भएको छ ।

९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक प्रा.लि. का अध्यक्ष सुमन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

जुनियर महिला/पुरुष, क्याडेट महिला/पुरुष तथा यु–१२ महिला/पुरुष सिंगल्स स्पर्धामा खेल हुने छ । त्यस्तै पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिमा पनि सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

जुनियर/क्याडेटमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

बाँकी सबै स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय÷२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब, जिल्ला र क्लबका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने प्रा।लि। का सचिव ज्याकी महर्जनले जानकारी दिए ।

टेबल टेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्न राज वैद्यले जुनियर प्रतियोगिताले भविष्यका प्रतिभावान खेलाडी पहिचान गर्न टेवा मिल्ने धारणा व्यक्त गरे ।

तीन दिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर