उदयपुरका पनि टुंग्यायो एमालेले ८ वटा स्थानीय तहमा उम्मेदवार (सूचीसहित) – Nepal Press

उदयपुरका पनि टुंग्यायो एमालेले ८ वटा स्थानीय तहमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । एमाले उदयपुरले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आठ वटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको छ । त्यसैगरी बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा (स्वतिक) र उप प्रमुखमा जिरा राईलाई उठाइने भएको छ । चौदण्डीगढी नगरपालिकामा नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मनिकादेवी दुलालको नाम टुंगो लगाएको छ ।

त्रियुगा नगरपालिकामा नगर प्रमुख भागवत राउत उपप्रमुखमा महेश्वरी राईले टिकट पाएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । त्यसैगरी कटारी नगरपालिकामा पुरानै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनःमेयरमा टिकट दिएको छ भने उपप्रमुखमा गीता खड्काको नाम टुंगो लगाएको छ ।

त्यसैगरी रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारीज्यू ठकुरीको नाममा टुंगो लगाएको छ । उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरलाई टिकट दिइएको छ ।

त्यसैगरी ताप्ली गाउँपालिकामा बाबुराम राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा हालको अध्यक्ष उद्धबसिंह थापाको श्रीमती मनकुमारी थापालाई टिकट दिइएको छ ।

त्यसैगरी लिम्चुङबुङ गाउँपालिकामा राजकुमार राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा देवकुमारी कार्कीलाई दिइएको छ । उदयपुरमा एमालेले बेलका र कटारीमा पुरानैलाई टिकट दिएका छन भने अन्य छ पालिकामा नयाँ अनुहार ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर