गठबन्धन बैठक- माओवादीले माग्यो भरतपुर महानगरसहित चार उपमहानगरपालिका – Nepal Press

गठबन्धन बैठक- माओवादीले माग्यो भरतपुर महानगरसहित चार उपमहानगरपालिका

नेकपा एसले माग्यो पोखरासहित ३ उपमहानगरपालिका

काठमाडौं । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ ।

माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर