एमालेले सिफारिस गर्‍यो विराटनगरको मेयरका लागि पाँचजनाको नाम – Nepal Press

एमालेले सिफारिस गर्‍यो विराटनगरको मेयरका लागि पाँचजनाको नाम

काठमाडौं । नेकपा एमाले विराटनगरले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँचजनाको नाम सिफारिस गरेको हो ।

जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाउने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पूर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा पाँचजना सिफारिस भएका हुन् ।

एमालेले ललितपुर महानगरपालिकाको मेयरका लागि सर्वसम्मतरुपमा हरिकृष्ण ब्यञ्जनकारलाई सिफारिस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर