पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त – Nepal Press

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका छन् ।

मतदानमा ‘अन्तिम बलसम्म’ संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।

यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि विपक्षीले आक्रोशित बनेका थिए । केहीले प्रधानमन्त्रीलाई देशद्रोहको आरोप लगाएका थिए ।

खानको पार्टी पीटीआईका सदस्यहरूले उनी अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् । यसअघि खानले अमेरिकाले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए ।


प्रतिक्रिया

One thought on “पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

  1. पश्चिमाहरूले एउटा उपाए निका्लेका छन् । कुनै देशकाे सरकार कठपुतली भएन भने त्यसकाे पार्टीका साँसद किनिदिने, अविश्वास प्रस्ताव ल्याउने र अदालतमा समेत सेटिङ् मिलाएर सरकार अपदस्थ गर्ने । त्यसपछि कठपुतली सरकार ल्याउने । नेपालमा पनि त्यहि भएकाे थियाे जुन अहिले पाकिस्तानमा भैरहेछ । माधव प्रचण्डलाई किनेर पार्टी फुटाउन लगाए किनकी ओलि तिनकाे कठपुतली बन्दैनथे । त्यसपछि अदालत किने र कठपुतली देउवालाई प्रधानमन्त्री बनाए । अहिले कठपुतली मार्फत धमाधम काम गराईरहेका छन् । एमसिसि पास गराए, युक्रेनकाे हकमा रूस विरूद्व भाेट दिन लगाए, बुढी गण्डकी चिनियाँ कम्पनिबाट खाेसे, चीनसँग हुँदै नभएकाे सीमा विवाद छ भनेर ल्याए जबकी भारतले हाम्राे हडपेकाे भूमिकाे बारेमा चुसम्म पनि गरेनन् । यस्ता दलाल कठपुतलीलाई जरैदेखि फाल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर