छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु – Nepal Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर  ।  झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा हिजो दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भ दुर्घटना हुँदा घाइते भएका स्थानीय २३ वर्षीय अमृत बि.क. को उपचारको क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी झापाको गौरादह नगरपालिका–१ मा हिजो बेलुका पानी बोक्ने ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गौरादहको भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे २ प ३९१२ नम्बरको मोटरसाइकल सडकमा बिग्रिएर रोक राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३६ वर्षीय राम सोरेनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  प्रदेश एक प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक नविनराज राईले जानकारी दिए  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *