ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते – Nepal Press

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका–८ का २८ वर्षीय रुपेश राई रहेका छन् । शनिबार बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा राईको घटनास्थलमानै मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ रहेको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर