एनआरएनएलाई अर्थमन्त्रीको आग्रह- कमाएको पैसा र सिकेको सीप नेपालमा लगानी गर्नुस् (भिडिओ) – Nepal Press

एनआरएनएलाई अर्थमन्त्रीको आग्रह- कमाएको पैसा र सिकेको सीप नेपालमा लगानी गर्नुस् (भिडिओ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

आज एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन् ।

उनले मुलुकको विकासका एनआरएनएको निकै ठूलो भूमिका भएको भन्दै नेपालमा बैंक खाता खोल्न सहज बनाइएकाले सबैलाई १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे ।

मुलुकको विकासका लागि वार्षिक १७ देखि २० खर्ब लगानी आवश्यक रहेकाले बिभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी पर्याप्त नरहेको शर्माले बताए ।

उनले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहेको उल्लेख गर्दै ग्रामीण अर्थतन्त्रको विकास नभएसम्म मुलुकको व्यापार घाटा न्युनिकरण गर्न नसकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर