‘एमसीसीका कारण कांग्रेसको भोट घट्दैन, बरु बढ्छ’ – Nepal Press
नेपाल टक

‘एमसीसीका कारण कांग्रेसको भोट घट्दैन, बरु बढ्छ’

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस यतिबेला स्थानीय निर्वाचनकेन्द्रित एक महिने अभियानमा छ । अभियानका लागि केन्द्रीय नेताहरू देशैभरि परिचालन गरिएका छन् । संसदबाट एसमसीसी अनुमोदन गराउन सबैभन्दा मुख्य अग्रसरता कांग्रेसले लियो । एमसीसीका कारण हुनसक्ने राजनीतिक क्षतिसमेत रोक्ने उद्देश्यले कांग्रेस देशका सबै वडामा अभियान लिएर पुगेको छ । कांग्रेसको १ महिने अभियान, सरकारको काम र चुनावी तालमेलबारे कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशरे राणासँग  गरिएको कुराकानी नेपाल टकमा ।

– निर्वाचनलक्षित अभियानका लागि कांग्रेसले १ महिने अभियान चलाइरहेको छ । टोलसम्मै पुगेको अभियान कस्तो हुँदैछ ?

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व मात्रै नभएर प्रदेश, जिल्ला, क्षेत्र र वडासम्मकै कार्यसमिति आगामि स्थानीय निर्वाचनकेन्द्रित भएको अवस्था छ । म पनि घरघर जाऔं, कांग्रेस जिताऔं अभियानका लागि रुपन्देही जिल्लामा खटिएको छु । म रुपन्देही पुग्दा अभियानप्रति अत्यन्तै सकरात्मक माहोल पाएको छु । केन्द्रले भन्नुभन्दा पहिले नै जिल्ला , क्षेत्र र वडाका साथीहरूले निर्वाचनलक्षित गतिविधि थालिसक्नुभएको छ ।

हामीलाई एमसीसीका कारण कुनै घाटा हुँदैन । एमसीसीका कारण हाम्रो भोट घट्दैन, बरु बढ्छ । किनकी एमसीसीबारे जनतामा छरिएका भ्रम हामीले चिर्दैछौं । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अत्यन्तै एकताबद्ध भएको छ ।

टोल समिति बनाउनेदेखि स्थानीय तहका सम्भावित उम्मेदवारबारे छलफल र संवाद सुरू भइसकेको रहेछ । त्यसैले अभियानको कार्यक्रम सञ्चालन गर्न एकदमै सहज भएको छ । १४ औं महाधिवेशनका दौरान तल्लो तहसम्मै हामीले निर्वाचन गरेका कारण निर्वाचित साथीहरू निकै खटिनुभएको छ । अरु साथीहरू पनि निर्वाचनमा पार्टी जिताउने अभियानमा जुट्नुभएको छ । पछिल्लो समय कांग्रेसको आन्तरिक एकता सुदृढ भएकोले भने तलसम्मै सकरात्मक सञ्चार भएको छ । त्यसैले यो १ महिने अभियानले कांग्रेसको तल्लो तहसम्मै नयाँ ऊर्जा प्रदान गरेको छ ।

– चुनावी अभियानमा कांग्रेस त होमियो तर पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू त अझै अलपत्र छन् । कांग्रेसले भ्रातृसंस्था बनाउन किन सकेन ?

कांग्रेसमा यो स्थायी समस्याजस्तो बनेको छ । पार्टी विभाजन र एकीकरणपछि भ्रातृ र शुभेच्छुक संस्थाहरुमा समस्या बढेको छ । भ्रातृ संस्थाहरू गतिशील भयो भने पार्टीलाई नै फाइदा पुग्ने हो । त्यसैले धेरै दिनसम्म नेविसंघ, तरुण दल, महिला संघजस्ता भ्रातृ संस्थालाई रिक्त राख्नुहुँदैन । यसबारे छिट्टै निर्णय लिन प्रयास भइरहेको भन्ने मैले बुझेको छु । अर्कोतिर भ्रातृसंस्था र शुभेच्छुक संस्थाहरुको अहिलेको मोडल पनि फेर्नुपर्छ जस्तो लाग्छ । वर्षभरी नै यस्ता संस्थाहरूको अधिवेशनमा मात्रै व्यस्त हुनुपर्ने, यिनीहरूको अधिवेशन गराउने प्रयासमै धेरै समय खर्चनुपर्ने अवस्था छ । त्यसैले भ्रातृ संस्थामा पार्टीको जस्तो तलैसम्म चुनाव गर्ने भन्दा अधिकतम सहमतिमा चलायमान संगठन बनाउनेतर्फ पनि सोच्नुपर्छ ।

– मुलुकको अर्थतन्त्र निकै संकटपूर्ण घडीमा रहेको बताइन्छ । तपाई पूर्वअर्थराज्यमन्त्री पनि भइसकेको नेता हुनुहुन्छ । खस्किएको अर्थतन्त्र बोकेर कांग्रेसले जनतासँग कसरी भोट माग्छ ?

अर्थतन्त्रको समस्या जुनरूपमा प्रस्तुत भएको छ त्यति खराब पनि होइन । यद्यपि केही सुधार्नुपर्ने विषयहरु पक्कै होलान् । अन्तर्राष्ट्रिय मुद्राको सञ्चिति जम्मा ४ महिनाको छ । कोभिडका कारण यसमा प्रभाव परेको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेकोले पनि हामीकहाँ मूल्यवृद्धिको समस्या देखिएको छ । अर्को भनेको तरलता संकट हो । यो हाम्रा लागि नयाँ होइन । हरेक वर्ष तरलता संकटको समस्या हामीले भोग्दै आएको हो । यी केही विषयहरुमा सुधार गर्नैपर्छ । सुधार गर्नै नसकिने समस्याका रूपमा पनि यिनीहरु छैनन् । अर्थतन्त्रलाई मजबुत बनाउन हाम्रो स्रोत बलियो हुनुपर्छ ।

एमालेजस्तो पार्टीले एमसीसीबारे आफ्नो स्पष्ट धारणा दिन सकेन । एमालेका प्रदीप ज्ञवाली, युवराज खतिवडाहरू एमसीसीको पक्षमा देखिए तर भीम रावल एण्ड कम्पनीले अनावश्यक विरोध गरिरहेको छ । यसबाट एमाले एउटा पार्टी हो कि, क्लब होकि एनजिओ हो ? भन्ने प्रश्न उठेको छ ।

अहिले हामीले एमसीसी अनुमोदन गरेसगै अन्तर्रांष्ट्रिय सहयोगको क्षेत्रमा सकरात्मक सफलता हासिल भएको छ । एमसीसी अनुमोदन नगरेको भए सायद अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा अझ क्षति हुने थियो । आन्तरिक ऋणबाट मात्रै हाम्रो अर्थतन्त्र चल्नसक्ने अवस्था नभएकोले अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ । सरकारले अर्थतन्त्रमा तत्काल देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको पनि छ । चुनावसम्म अहिलेका समस्याहरू सम्बोधन भइसक्नेछन् ।

– एमसीसीप्रति जनस्तरमा तीव्र विरोध छ । एमसीसीको पक्षपोषण गरेर चुनावमा जाँदा कांग्रेसलाई घाटा होला नि ?

हेर्नुस् कांग्रेसले नाफाघाटाको मात्रै राजनीति गर्दैन । कांग्रेसले सत्य र देशको आवश्यकतामा आधारित काम गर्छ । गिरिजाबाबुले भन्नुभए झैं कांग्रेसले जे बोल्छ त्यो पूरा गर्छ । हामीलाई एमसीसीका कारण कुनै घाटा हुँदैन । एमसीसीका कारण हाम्रो भोट घट्दैन, बरु बढ्छ । किनकी एमसीसीबारे जनतामा छरिएका भ्रम हामीले चिर्दैछौं । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अत्यन्तै एकताबद्ध भएको छ । पार्टीको हरेक तहको नेताले एमसीसीबारे जनस्तरमा छरिएको भ्रमविरुद्ध बोल्नुभएको छ । जनताले भने कम्युनिष्ट पार्टीले राजनीतिक स्वार्थ पूरा गर्नकै लागि एमसीसी गिजोलेको भन्ने बुझिसकेका छन् ।

अर्घाखाँचीमा चुनावी तालमेल गर्न कांग्रेस, माओवादी र समाजवादीबीच सहमति नै भइसकेको छ । चितवनमा भने कुनै पनि हालतमा तालमेल गर्नै नहुने धारणा देखिन्छ । यसरी पार्टीभित्र भएका धारणाबारे छिट्टै नै कांग्रेसको केन्द्रीय समितिले आवश्यक निर्णय लिन्छ ।

अब हामीलाई कुनै क्षति हुने देखिँदैन । किनकी जनताले एमसीसीमा कसले के गर्यो भन्ने बुझिसकेका छन् । एमालेजस्तो पार्टीले एमसीसीबारे आफ्नो स्पष्ट धारणा दिन सकेन । एमालेका प्रदीप ज्ञवाली, युवराज खतिवडाहरू एमसीसीको पक्षमा देखिए तर भीम रावल एण्ड कम्पनीले अनावश्यक विरोध गरिरहेको छ । यसबाट एमाले एउटा पार्टी हो कि, क्लब होकि एनजिओ हो ? भन्ने प्रश्न उठेको छ । अर्कोतिर कांग्रेसबारे जनता विश्वस्त देखिएका छन् । जे भएपनि कांग्रेसले भोटकै लागि राजनीति गर्दैन । सरकारमा हुँदा र विपक्षमा हुँदा कांग्रेसले दुईथरी कुरा गर्दैन भन्ने प्रमाणित भएकाले जनताले कांग्रेसलाई भोट दिन्छन् ।

– सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको चर्चा सुनिन्छ । तपाईंको विचारमा कांग्रेसले चुनावी तालमेल गर्नुपर्छ कि पर्दैन ?

यसबारे पार्टीभित्र छलफल भइरहेको छ । पार्टीभित्र चुनावी तालमेल गर्ने र नगर्ने भन्ने दुईखाले धारणा छ । अभियानको क्रममा पनि कुनै जिल्लामा चुनावी तालमेलको पक्षमा धारणा व्यक्त भएको छ भने कतै तालमेल गर्नै नहुने धारणा आएको छ । अर्घाखाँचीमा चुनावी तालमेल गर्न कांग्रेस, माओवादी र समाजवादीबीच सहमति नै भइसकेको छ । चितवनमा भने कुनै पनि हालतमा तालमेल गर्नै नहुने धारणा देखिन्छ । यसरी पार्टीभित्र भएका धारणाबारे छिट्टै नै कांग्रेसको केन्द्रीय समितिले आवश्यक निर्णय लिन्छ ।

अहिले मेरो व्यक्तिगत धारणा भन्नुभन्दा पनि पार्टीले यसबारे संस्थागत धारणा नै बनाएर जानुपर्छ । निर्वाचनमा हुने तालमेलले कांग्रेसको संगठनमा धक्का पुग्नुहुँदैन । कुनै पनि हालतमा जित्न कठिन हुने पालिकाहरुमा मात्रैपनि तालमेल गर्न सकिन्छ । गठबन्धनभित्र पनि यसबारे छलफल भएको हो । चुनावी तालमेलका सन्दर्भमा यत्ति भन्छु कि कांग्रेसले अब छ्टि्टै एउटा निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ ।


प्रतिक्रिया

One thought on “‘एमसीसीका कारण कांग्रेसको भोट घट्दैन, बरु बढ्छ’

  1. नागरिकता नपाएर छटपटिमा परेका जनतालाई अलपत्र पारेर, निजामती विधेयक अलपत्र पारेर अमेरिकालाई खुशी पार्न एमसिसि पास गरें भनेर अमेरिकी दलालहरू खुशी भएकाे देखेर जनताले गाउँ गाउँबाट लखेटनेवाला छन् । अर्काे कुरा महाअभियाेगमा छलफलकाे दिन ताेकेका प्रचण्डकाे हनुमानलाई थाहै नदिई अधिवेशन अन्त्य गर्दा बाेलेकाे सुनिएन त । ओलिले यस्ताे गरेकाे बेला ज्यानमारा र अरू दलालहरू खुब कराएकाे सुनिन्थ्याे । तिनीहरू सबै दुईजिब्रे दलाल, ईमान नभएका रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर